नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने

2 Mar, 2025
Share:
117 Shares

आसन्न एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

सिंगापुर फुटबल संघले नेपालसँगको मैत्रीपूर्ण खेलको तालिका सार्वजनिक गरिरेको छ। जसअनुसार खेल सिंगापुरमै मार्च २१ (चैत ८)मा हुनेछ।

यो खेलबारे अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधारिक रुपमा केही पनि जानकारी गराएको छैन। सिंगापुर फुटबल संघ यो खेल सिंगापुरका सन् २०२५को पहिलो ‘होम गेम’ हुने उल्लेख गरेको छ।

नेपाल र सिंगापुर दुवैले मार्च २५बाट सुरु हुने एसियन कपको तेस्रो चरणको छनोट खेल्दैछन्। दुवै टिम फरक समूहमा छन्।

छनोटमा नेपाल समूह एफमा मलेसिया, भियतनाम र लाओससँगै छ। नोपलले पहिलो खेल मलेसियासँग मार्च २५मा उसकै मैदानमा खेल्ने छ। यो खेल दशरथ रंगशालामा हुने तय भएपनि एएफसीले मान्यतता नदिँदा नेपालले मलेसियामै खेल्न लागेको हो।