मैत्रीपूर्ण खेलका लागि नेपाली टिम जेठ ११ गते इराक जाने

मैत्रीपूर्ण फुटबल खेल्नका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते इराक जाने भएको छ । नेपाली टिम कतार एयरवेजको विमानबाट जेठ ११ इराक जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

विश्वकप छनोटको तयारीका लागि इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ । खेल जेठ १५मा बसरा अन्तराष्ट्रिय मैदानमा हुने छ । नेपाली टिम जेठ २२ गते स्वदेश फर्कने छ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपूर्ण फुटबल र विश्वकप छनोटका लागि ६ नयाँ अनुहारलाई टिममा समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेका थिए।

पहिलो पटक राष्ट्रिय टिममा कोरियामा फुटबल खेलिरहेका मिडफिल्डर मनिष डाँगी, नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर त्रय सुरजजिउ ठकुरी, कमल थाप, आयुष घलान, डिफेन्डर गौतम श्रेष्ठ र गोलकिपर विशाल सुनार छन्।

यस्तै, राष्ट्रिय टिममा लामो सयमदेखि रहँदै आएका स्ट्राइकर खरत खवार, लेफ्ट ब्याक रञ्जित धिमाल, दर्शन गुरुङले भने टिममा स्थान बनाउन सकेनन् ।

नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटमा अस्ट्रेलियान, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्दैछ । नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

यस्तो छ नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

Facebook Comments Box