एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

26 Mar, 2025
Share:
117 Shares

एएफसी एसिया कपको तेस्रो चरणमा नेपालले हारबाट सुरुआत भएको छ। मंगलबार साँझ मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले घरलु टोलीसँग २–०ले पराजित भयो।

घरेलु टोलीसँग नेपालले दुवै हाफमा समान १ गोल खाएको थियो। खेलमा मलेसियाका लागि हेक्टोर हेभल र ला’भेरे कोर्बिन अङले गोल गरेका थिए।

२९औं मिनेटमा मलेसियाले सुरुआती अग्रता लियो। उसका लागि पोर्चुगालमा व्यवसायिक फुटबल खेल्ने हेभलले गोल गरेका थिए। पोर्चुगिज क्लब पोर्टिमोनेन्समा खेल्ने उनको यो मेलेसियाका लागि डेब्यू खेल हो।

पहिलो हाफमा १ गोलले पछि परेको नेपालले ७०औं मिनेटमा दोस्रो गोल खाएको थियो। मलेसियाका ला’भेरे कोर्बिन–अङले गोल गरे।

नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भएपनि नेपालको दशरथ रंगशालमा अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो।

नेपाल रहेकै समूह एको अर्को खेलमा भियतनामले लाओसलाई ५–० ले हरायोको छ। यो समूहमा भियतनाम र मलेसिया दुवैको समान ३ अंक छ भने नेपाल र लाओस अंकबिहीन छन्।