मैत्रीपूर्ण खेलका लागि इराक जाने नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ

इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोट खेल्न जान लागेको नेपाली राष्ट्रिय टिमका सम्पूर्णको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ खेलाडी र १२ अफिसियलको पिसिआर परीक्षण गराएको थियो ।

नेपाली टोली आज राति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत् इराक प्रस्थान गर्दैछ। नेपाली टोली इराकसँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट विश्वकप छनोटका खेल खेल्न उतैबाट कुवेत जाने छ।

कोरोना भाइरसको महामारीका कारण घरेलु मैदानमा हुने हुने खेल कुवेतमा सरेको हो। नेपालीको सम्पूर्ण हवाई खर्च फिफाले बेहोर्ने छ।

नेपाले यही जेठ १५ गते इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ। समूह बीमा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

यस्तो छ नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

Facebook Comments Box