मैत्रीपूर्ण खेलका लागि इराक पुग्यो नेपाली टिम

नेपाली राष्ट्रिय फुटबल टिम बुधबार इराक पुगेको छ। घरेलु टोली इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि मंगलबार राति कतार एयरवेजको विमानमार्फत् दोहा हुँदै त्यतसर्फ गएको थियो।

इराक पुगेको नेपाली टिममा २३ खेलाडी र १२ अफिसियल गरी ३५ जना छन् । नेपाली टिममाले नेपालले विश्वकप छनोटको तयारीमा रहेको इराकसँग जेठ १५ गते बसरा अन्तराष्ट्रिय मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ।

इराकसँगको मैत्रीपूर्ण खेललगत्तै १६ गते नै नेपाली टिम स्थलमार्ग हुँदै उतैबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्ताथ गर्ने कार्यक्रम छ। विश्कप छनोट सकेर नेपाली टिम जुन १२ तारिखमा नेपाल फर्कर्ने एन्फाले जनाएको छ।

विश्वकप छनोट र कुवेतसँगको मैत्रीपूर्ण खेलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिममा युवा खेलाडीलाई मौका दिएका छन् । प्रशिक्षक अलमुताइरीले ६ नयाँ अनुहारलाई टिममा मौका दिएका छन् । नेपाली टिमको औषत उमेर २३ वर्ष रहको छ।

पहिलो पटक राष्ट्रिय टिममा कोरियामा फुटबल खेलिरहेका मिडफिल्डर मनिष डाँगी, नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर त्रय सुरजजिउ ठकुरी, कमल थाप, आयुष घलान, डिफेन्डर गौतम श्रेष्ठ र गोलकिपर विशाल सुनार छन्।

टिममा किरण चेम्जोङ, रोहित चन्द, विशाल राई, अन्नत तामाङ, अन्जन विष्ट, नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिनेश राजवंशीलगयात सिनियर खेलाडीले स्थान बनाएका छन् ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटका समूम बीमा रहेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। विश्वकप छनोटको सम्भावना सकिएपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना भने बाँकी नै छ।

यस्तो छ नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

र, याे पनि पढ्नुहाेस्

मेरो समर्थन नगरे हुन्छ, तर खेलाडीलाई सपोर्ट गर्नुस् : प्रशिक्षक अलमुताइरी

मैत्रीपूर्ण खेलका लागि इराक जाने नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ

विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम इराक प्रस्थान

विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको हवाई खर्च फिफाले बेहोर्ने

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम जेठ ११ गते इराक जाने

अलमुताइरी घोषणा गरे २३ सदस्यीय राष्ट्रिय टिम, ६ नयाँ खेलाडीलाई मौका, परेनन् भरत र रञ्जित

प्रशिक्षक अलमुताइरीले सार्वजनिक गरे बन्द प्रशिक्षणका लागि नयाँ लिस्ट, विकेश, तेज, संजोग र स्यान्सु परेनन्

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु

Facebook Comments Box