राष्ट्रिय फुटबलको प्रशिक्षण सुरु गर्न सरकारको अनुमति आवश्यक

कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न सरकार अनमुति आवश्यक पर्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन जारी रहेकाले फुटबल टिमको प्रशिक्षण सुरु गर्न मन्त्रिपरिषद्को निर्णय अनिवार्यय भएको हो ।

विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण साउन पहिलो साताबाट सुरु गर्ने तयारी गरेको छ । तर, मन्त्रिपरिषद्बाट निर्णय नभई प्रशिक्षण सुरु गर्न नसकिने भएको छ ।

फुबटल टिमको प्रशिक्षण सुरु गर्न एन्फाले खेलकुद मन्त्रालयमार्फत् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सँग अनुमति मागेको थियो । यस विषयमा सिसिएमसीमा छलफल भएपनि निर्णय नभएको बताइएको छ ।

सिसिएमसीले सरकार सक्षम सिफारिस मात्र गर्ने भएकाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न मन्त्रिपरिषद्को निर्णय अनिवार्य भएको हो । आफूहरुले सिफारिस गरेपछि सरकारले अनुमति दिएपछि मात्र फुटबल टिमको प्रशिक्षण सुचारु हुने सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बताए ।

एन्फाले साउन पहिलो साताबाटै प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि मन्त्रिपरिषद्को निर्णय आवश्यक भएपछि प्रशिक्षण केही ढिला हुने भएको छ । प्रशिक्षण सुरु गर्नुअघि खेलाडी, प्रशिक्षक र अफिसियलको कोरोना भाइरसको पिसिआर परीक्षण अनिवर्यारुपमा गर्नुपर्ने छ ।

कोरोना भाइरसका कारण स्थगित भएको विश्वकप छनोट खेलहरू आगामी अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा गराउने तयारी एएफसीको छ । विश्वकप छनोटको समूह बीमा रहेको नेपालले अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपेइसँग दशरथ रंगशालमा खेल्ने छ । नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोडर्नसँग खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.