युनानसँग खेल्दा नेपालका आशिष राईको खुट्टा भाँचियो, तत्कालै अस्पताल भर्ना

15 Feb, 2025
Share:
117 Shares

आज त्रिपुरेश्वरस्थित दशरग रंगशालामा नेपाली यू–२० टिमले चीनको युनान प्रान्तको युथ टिमसँग मैत्रीपूर्ण खेल खेल्यो।

नेपालले खेल २–०ले गुमायो। खेलका क्रममा नेपालका आशिष राईले गम्भीर चेट बोक्न पुगे।

खेलको ३६औं मिनेटमा बल खोस्ने क्रममा आशिषलाई युनानका खेलाडी डेले मोरीले खराब ट्याकल गरेका थिए। त्यो ट्याकलले आशिषको खुट्टा भाँचिएको छ। त्यो दृश्य भने निकै डरलाग्दो थियो।

सो क्रममा युनानका खेलाडी पनि घाइते भएका थिए। उनी पनि मैदान बाहिर आएका थिए।

घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो।