युगान्डामा नेपाली महिला टिमको खराब प्रदर्शन जारी, नामिबियासँग पराजित

12 Mar, 2025
Share:
117 Shares

प्रदर्शन सुधार गर्ने लक्ष्यसहित युगाण्डा पुगेको नेपाली महिला क्रिकेट टिमले खराब प्रदर्शनलाई निरिन्तरता दिएको छ।

त्यहाँ जारी चार देश सम्मिलित ‘वुमन्स डे कप’ टि–२० मा खराब प्रदर्शन गरिरहेको नेपालले चौथो खेलमा तेस्रो हार व्यहोरेको छ। सोही क्रममा नेपाल नामिबियासँग पराजित भयो।

बुधबार युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो। १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि युवा ओपनर साना प्रविनले सर्वाधिक ३१ रन बनाउँदा कविताले जोशीले १७, कप्तान इन्दु बर्मा र पुजा महतो समान १५ रन बनाए । बलिङमा नामिबियाका इभलिन केजरुकुवाले २ विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नामिबियाले ८ विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् भने विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

बलिङमा नेपालका ईश्वरी विष्टले ३ विकेट लिँदा रचन चौधरीले २ लिइन्।

नमिबियासँग नेपालको यो लागतार दोस्रो हार हो। युगान्डालाई पराजित गरेको नेपाल हङकङसाग पराजित भएको थियो। योसँगै नेपालको फाइलन सम्भावना कमजोर बनेको छ।