हङकङसँग बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरियो नेपाल

नेपाली महिला टिम एएफसी महिला एसियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ। उज्वेकिस्तानमा भइरहेको समूह एफको आफ्नो अन्तिम खेलमा मंगलबार हङकङसँग गोलरहति बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

एसियन कप छनोटको सम्भावना जीवितै राख्न नेपालले हङकङलाई हराउनै पर्ने थियो । हङकङलाई खेलअवधि भर दबाब राखे पनि नेपालले गोल भने गर्न सकेन।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ले पराजित भएको थियो। समूह एफबाट एसियन कपमा छनोट हुने टिमको टुंगो हङकङ र फिलिपिन्सबीचको खेलपछि मात्र लाग्ने छ।

Facebook Comments Box