फोर नेसन्स कप खेल्न नेपाललाई भारतको प्रस्ताव

Read Time:1 Minute

फोर नेसन्स कप फुटबलका लागि भारतले नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव गरेको छ। एसिया कपको तयारीमाका लागि भारतले ‘फोर नेसन्स कप’को आयोजना आयोजना गर्न लागेको हो । त्यही प्रतियोगिताका लागि नेपाली महिला टिमलाई पनि प्रस्ताव गरेको हो।

प्रतियोगिता डिसेम्बर ९ देखि २१ तारिखसम्म आयोजना गर्ने भारतीय फुटबल फेडेरेसनको तयारी छ । प्रतियोगिताका लागि भारतले थाइल्यान्डलाई पनि प्रस्ताव गरेको बताइएको छ।

फोर नेसन्स कपका लागि भारतले नेपाललाई प्रस्ताव गरेको एन्फाले जनाएको छ। एन्फा पनि प्रतियोगिता सहभागी इच्छुक भएको र केही दिनमै टुंगो लाग्ने बताइएको छ।

एसिया कपको छनोट खेलर आएपछि नेपाली महिला फुटबल टिम निष्कृय बसेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कप्तानीका रोहित शर्माको विजयी सुरुआत, न्युजिल्यान्डविरुद्ध भारत ५ विकेटले विजयी
Next post पहिलो टि–२० सिरिजमा नेपालको क्लिनस्विप, सीताकाे कीर्तिमानी ब्याटिङमा नेपाल १०९ रनले विजयी
Close