नेमार बार्सिलोना फर्कन असम्भव छ : बार्टोमेउ

बार्सिलनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलिय स्टार स्ट्राइरक नेमार बार्सिलोना फर्कन असम्भव भएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा अध्यक्ष बार्टोमेउले नेमार पुनः बार्सिलोना फर्कने हल्ला चले पनि त्यो असम्भव भएको बताएका हुन् ।

स्पेनिस रेडियो आरएसीसँगको कुराकानीका क्रममा बार्टोमेउले कोरोना भाइरसका कारण क्लबको आर्थिक अवस्था नाजुक रहेकाले ठूला खेलाडी अनुबन्धन गर्न सम्भव नभएको बताएका छन् । सोही कारण नेमारको बार्सिलोना फिर्ती असम्भव भएको उनले बताएका छन् । बार्सिलोनाले मात्र नभई युरोपका अन्य क्लबले यो सिजन खेलाडी किनबेचमा ठूलो रकम खर्चन नसक्ने बार्टोमेउको भनाई छ ।

फ्रेन्च क्लब पिएसजीका स्ट्राइकर नेमार यो सिजन बार्सिलोना आउने व्यापक चर्चा छ । बार्सिलोना छाड्दै सन् २०१७मा पिएसजी पुगेका नेमार पनि बार्सिलोना फर्कन चाहन्छन् । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बार्सिलोनालाई पुरानै लयमा फर्काउन नेमारले फर्काउनु पर्ने धारण धेरैको छ । कप्तान मेसीसहित बार्सिलोनाका धेरै खेलाडी पनि नेमार फर्किएएको हेर्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP