सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर ८, २०८३

कपाल रंग्याएपछि समर्थकले गरे आलोचना, भन्छन्– यो फुटबल नबुझ्नेले भन्ने कुरा हो

१० नम्बरको जर्सी लगाएका नेयमार पहेँलो रङ्गले कपाल रङ्ग्याएर मैदानमा उत्रिएका थिए। उनीसँगै गाबिगोल, फिलिपे कौटिन्हो, रोडिनेई र आर्थरलगायत केही खेलाडीले पनि कपाल रङ्ग्याएका थिए। एक पत्रकारले यसलाई अहंकारको संकेत हो कि भनेर प्रश्न गरेपछि नेयमार मिडिया क्षेत्रमा उनीसँग विवादमा उत्रिए।

‘यो कसले भन्यो? उनीहरू पूर्ण रूपमा गलत छन्। कपालको रङले केही पनि फरक पार्दैन। मैले कपाल रङ्ग्याएको हुँ, तर यसले कुनै कुरामा असर गर्दैन। सबैले कपाल रङ्ग्याएका छन्। यसको फुटबलसँग कुनै सम्बन्ध छैन– तपाईंले देख्नुभयो, हामीले राम्रो खेलेका थियौँ,’ उनले भने, ‘यो त केवल एउटा सानो विषय हो, जसलाई उनीहरूले गलत रूपमा दिइएको पेनाल्टीसँगै ठूलो बनाइरहेका छन्। यस्ता कुरा गर्ने मानिसहरूले फुटबल बुझ्दैनन्। उनीहरू हाम्रो दैनिक जीवनबारे जान्दैनन्, हामी के सोचिरहेका छौँ भन्ने बुझ्दैनन् र हामी आफैँप्रति कति अनुशासित छौँ भन्ने पनि जान्दैनन्।’

उनले थपे, ‘यस्ता टिप्पणीहरू आउँछन् भन्ने हामीलाई थाहा छ। तर यी फुटबल नबुझ्ने मानिसहरूका विचार मात्र हुन्। यो सामान्य कुरा हो। कपाल रङ्ग्याउँदा केही फरक पर्दैन। मेरो कपाल पहेँलो, गुलाबी वा हरियो जुनसुकै रङको होस्, म हरेक खेलमा राम्रो प्रदर्शन गर्न सक्छु। आजको खेलमा हामीलाई केवल अन्तिम प्रहार र गोलको कमी भयो।’

अन्तर्वार्ताका क्रममा नेयमारले टोलीको प्रदर्शनको पुनः प्रशंसा गरे। करिब ४५ हजार दर्शकको उपस्थितिमा साओ पाउलोमा खेलेको सान्तोसको प्रदर्शनबाट अधिकांश समर्थक निराश हुँदै घर फर्किएका थिए।

‘खेलको लगभग पूरै अवधिमा हामीले ग्रेमियोभन्दा राम्रो खेलेका थियौँ। हाम्रो प्रदर्शन उत्कृष्ट थियो, तर केही दिन बलले गोलपोस्टभित्र प्रवेश गर्न मान्दैन,’ उनले भने, ‘हामीले ग्रेमियोलाई एउटा मात्र मौका दिएका थियौँ। उनीहरूले रक्षापंक्तिको गल्ती, काउन्टर अट्याक वा अमुजुबाट आक्रमण गर्न सक्छन् भन्ने हामीलाई थाहा थियो। त्यो हाम्रो आफ्नै लापरबाही थियो। हाम्रो टोलीसँग भएको अनुभवलाई हेर्दा यस्ता गल्ती हुनु हुँदैनथ्यो।’

नेमारले रेलिगेसनबाट बञ्च प्रयास गरिहेको ग्रेमियाले उत्कृष्ट डिफेन्सिभ खेल खेलेको बताए। उनीहरुले सबै शक्ति डिफेन्समा लगाएको उनले बताए।

नेमारले आफूहरुले हामीले राम्रो खेले पनि गोल गर्न नसकेको बताए।

सेयर गर्नुहोस्

1.1KShares