१२ वर्षपछि सान्तोष फर्किए नेमार

31 Jan, 2025
Share:
117 Shares

ब्राजिलियन सुरपस्टार नेमार जुनियर आफ्नै बाल्यकाल क्लब सान्तोष फर्किएका छन्। सान्तोषबाटै आफ्नो व्यवसायिक फुटबल करिअर सुरु गरेका ३२ वर्षीय नेमार १२ वर्षपछि सान्तोष फर्किएका हुन्।

नेमार साउदी क्लब अल हिलालबाट सान्तोष गएका हुन्। नेमारले सान्तोषबीच औपचारिक सम्झौता गरेका छन्।

समर ट्रान्सफर विन्डोको समय सकिनै लाग्दा सान्तोष नेमारलाई फर्काउन सफल भएको हो। समाचार अनुसार सान्तोषले नेमारसँग ६ महिलानाको मात्र सम्झौता गरेका छन्। उनको सम्झौता जुन ३० सम्म रहने छ।

२०२३ मा फ्रेन्च क्लब पिएसजीबाट अल हिलाल पुगेका नेमारले त्यहाँ उनले २ वर्षको सम्झौता गरेका थिए। चोटका कारण अधिकांश समय मैदान बाहिरै रहेपछि अल हिलाल नेमारलाई छाड्न तयार भएको हो। उनको सम्झौता अवधि अझै ६ महिना बाँकी नै छ। त्यहाँ उनले ७ खेल खेल्दै १ गोल मात्र गरेका छन्।

नेमार २०१२मा सान्तोषबाट बार्सिलोना आएका थिए। त्यहाँ मेसी र सुआरेजको छायाँमा परेपछि उनी सन् २०१७मा बार्सिलोना छाड्दै पिएसजी पुगेका थिए।