सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनएसलमा झापामाथि धनगढीको जित, धनगढी क्वालिफायरमा, झापाको झिनो आशा

Ncell Nepal Super League 2025: Match between Dhangadi FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

धनगढी एफसी नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश गरेको छ।

सोमबार भएको खे मा झापा एफसीलाई १–० ले पराजित गर्दैै धनगढी १ खेल बाँकी छँदै क्वालिफायरमा प्रवेश गरेको हो।

५ खेलमा धनगढी ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान ११ अंक नै भएको ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ। अब क्वालिफायर १ मा धनगढी र ललितपुर खेल्ने छन्। यी दुवै टिम लिगको अन्तिम खेलमा पराजित भएपनि शीर्ष २मै रहने छन्।

दशरथ रंगशालमा भएको खेलमा धनगढीले दोस्रो हाफमा गोल गरेको थियो। सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका हिजाजीले हान्ने प्रयास गरेका थिए। तर, झापाकौ दिपेश धिमालको खुट्टामा लागेर गोल भयो।

यो हारसँगै झापाको प्लेअफ सम्भावना कठीन बनेको छ। झापा ५ खेलमा ४ अंकसहित छैठौं स्थानमा छ। अब उसलाई प्लेअफमा पुग्ने अन्तिम खेलमा चितवनलाई हराउनु पर्ने छ भने अर्को खलमा पोखरा थन्डर्स पराजित हुनुपर्ने छ।

1.3Kशेयर