ओलिभर जिरुड लिए सन्न्यास

16 Jul, 2024

फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। चेल्सी तथा आर्सनलका ३७ वर्षीय पूर्व स्ट्राइकर जिरुडले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका हुन्।

सन्न्यासको घोषणा गर्दै उनले फ्रान्सको जर्सी लगाउन पाउनु एकदमै गर्वको क्षण भएको बताएका छन्। फ्रेन्च टिममा आएपछि आफूले साथी खेलाडी र स्टाफका रुपमा आफूले दोस्रो परिवार पाएको उनले बताएका छन्।

सन् २०११ बाट फ्रेन्च टिमको नियमित सदस्य रहेका जिरुड फ्रान्सका सर्वाधिक गोलकर्ता हुन्। उनले १३७ खेल खेल्दै ५७ गोल गरो छन्।

सन् २०१८मा क्रोएसियालाई हराउँदै विश्वास जित्दा, सन् २०२२ उपविजेता बन्दा र सन् २०१६को युरोकपमा उपविजेता बन्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।

सिजनको अन्त्यसँगै एसी मिलान छाडेका जिरुड अमेरिकन क्लब लस एन्लसजमाआबद्ध भएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]