ला लिगामा दर्ता भए ड्यानी ओल्मो

27 Aug, 2024

स्पेनिस विंगर ड्यानी ओल्मो बार्सिलोनाका खेलाडीका रुपमा ला लिगामा दर्तामा भएका छन्।

३ साताअघि नै जर्मन क्लब आरबी लेइपजिगबाट बार्सिलोना आबद्ध भएपनि उनी ला लिगामा दर्ता भएका थिएनन्।

पछिल्लो केही वर्षयता आर्थिक समस्यासँग जुधिरहेको बार्सिलोनाले ‘स्यालरी क्याप लिमिट’का कारण ओल्मोलाई ला लिगाका दर्ता गराउन सकेको थिएन। पछिल्लो सातामात्र ४ खेलाडीले क्लब छाडेपछि बार्सिलोनाले ओल्मोलाई ला लिगामा दर्ता गराउन पाएको हो।

यसै साता इल्के गुन्डोगान, मिकाइल फेइ, क्लेमन्ड लेङलेट र भिक्टर रोकीले क्लब छाडेका थिए। गुन्डोगानले फ्रि टान्सफरमा बार्सिलोना छाड्दा लेङलेट र रोकी लोनमा अन्य क्लब गएका हुन्। फेइलाई भने बार्सिलोनलो पर्मानेन्ट रुपमा बचेको हो।

बार्सिलोनाले २६ वर्षीय विंगरलाई ६२ मिलियन युरोमा किनेको छ। ला लिगाका दर्ता नहुँदा सुरुआती २ खेल गुएका ओल्मो यसैसाता हुने रायो भालेकानोविरुद्धको खेलका लागि भने उपलब्ध हुनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]