विश्वकप छनोटमा अर्जेन्टिना पाराग्वेसँग पारजित

15 Nov, 2024
Share:
117 Shares

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा विश्व च्याम्पियन अर्जेन्टिना पराजित भएको छ। शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोली पाराग्वेसँग २–१ले पराजित भयो।

खेलमा पाराग्वेलाई जित दिलाउन एन्टोनियो सानाब्रिआ र ओमर अल्डेरेटेले गोल गरेका थिए। अर्जेन्टिनाका लागि भने लाउटारो मार्टिनेसले गोल गरेका थिए।

खेलमा पारग्वेमाथि दबाब बनाएको अर्जेन्टिनाले ११औं मिनेटमा मार्टिनेजको गोलमा अग्रता लियो। उनले इन्जो फर्नान्डेसको पासमा गोल गरेका थिए। तर, त्यसको ८ मिनेट पछि पाराग्वेले बराबरी गोल फर्कायो। १९औं मिनोटमा उसका सानाब्रिआले गोल गरेका थिए।

पहिलो हाफ १–१को बराबरीमै सकिएको खेलमा ४७औं मिनेटमा खेलमा पाराग्वेले अग्रता लियो। उसका एलडेरेटे गोल गरेका थिए। खेलमा त्यसपछि गोल नहुँदा अर्जेन्टिना पराजित भयो।

हारपछि अर्जेन्टिना छनोटको शीर्ष स्थानमै छ। उसको २२ अंक छ। पाराग्वे भने १७ अंकसहित छैठौं स्थानमा छ।