सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अर्जेन्टिनाका लागि १० नम्बर जर्सीमा डिबालाको गोल, चिली ३-०ले पराजित

उत्कृष्ट फर्ममा हरँदा पनि अर्जेन्टिनी टिममा कमै मात्र अवसर पाइरहेका पाउलो डिबाला पहिलो पटक १० नम्बर जर्सीमा देखिए। विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत बिहीबार राति भएको चिलीविरुद्धको खेलमा डिबाला १० नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका थिए।

सुपर स्टार लियोनल मेसी चोटका टिममा नरहेपछि यो इन्टरनेशनल ब्रेकमा डिबालाले १० नम्बरको जर्सी लगाउने अवसर पाएका हुन्। उनले १० नम्बर जर्सी लगाएका पहिलो खेलमै गोल पनि गरे।

डिबालाको गोल मद्दतमा अर्जेन्टिनाले चिलीमाथि ३-०को जित निकाल्यो। उसका लागि डिबालासँगै जुलियन अल्भारेज र म्याक एलिस्टरले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै अर्जेन्टिनाले अग्रता लियो। ४८औं मिनटमा एलिस्टरले गोल गरेका थिए। ८४औं मिनेटमा अल्भारेजले टिमको अग्रता दोब्बर बनाउँदा इन्जुरी समयको पहिलो मिनेटमा डिबालाले गोल गरेका थिए।

अर्को खेलमा बोलिभियाले भेनेजुएलामाथि ४-०को जित निकाल्यो।

अर्जेन्टिना ७ खेलमा १८ अंक जोड्दै छनोटको शीर्ष स्थानमा छ भने चिली ५ अंकसहित नवौं स्थानममा छ। ६ अंक जोडेको बोलिभिया सातौं र ९ अंकसहित भेनेजुएला चौथो स्थानमा छ।

1.3Kशेयर