प्लानिङ ब्वाइज ए डिभिजनमा बढुवा

13 May, 2025
Share:
117 Shares

प्लानिङ ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ।

एन्फा कम्प्लेक्स मैदानमा जारी बी डिभिजन लिगमा मंगलबार भएको खेलमा बाँसबारी क्लबलाई २–०ले हराएसँगै प्लानिङ ब्वाइज ए डिभिजनमा बढुवा भएको हो। बी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेको ऊ दुई खेलअगावै शीर्ष डिभिजनमा पुगेको हो।

जितपछि प्लानिङको ११ खेलबाट २७ अंक जोडेको छ। अब बाँकी दुवै खेल हारेपछि ऊ शीर्ष २ मा रहने निश्चित छ।

मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजका लागि पुजन थापाले एक गोल गरे भने अर्को एक गोल आत्मघाती भएको थियो ।