मिडफिल्डर प्रीति र स्ट्राइकर दीपाले आईलिग खेल्ने

6 Dec, 2023

नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र स्ट्राइकर दीपा शाहीले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन्।

प्रीति र दीपा आसन्न भारतीय महिला लिगका लागि किक स्टार्ट क्दबमा आबद्ध भएका छन्।

डिसेम्बर ८ बाट सुरु लिग खेल्न दुवै जना बिहीबार भारत जाने छन्। आईलिगमा दुवैको यो पहिलो सहभागीता हो।

लिगमा किकस्टार्टले पहिलो खेल डिसेम्बर ९ मा होप एफसी खेल्नेछ।

नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता रानाले पनि आई लिग खेल्नेछिन्। यी दुई सेथु एफसीमा आबद्ध छन्।