रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल नेसन्स लिगको फाइनलमा

5 Jun, 2025
Share:
117 Shares

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति जर्मनीलाई उसकै मैदानमा २–१ले हराउँदै पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो। पोर्चुगलले जर्मनीलाई २५ वर्षपछि हराएको हो।

अब उसले आज हुने स्पेन र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ। पोर्चुगल नेसन्स लिगको पहिलो संस्करणको पनि विजेता हो।

खेलमा अग्रता भने जर्मनीले लिएको थियो। पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए।

खेलमा पछि परेपछि पोर्चुगलले आक्रामक खेल खेलेको थियो। ६३औं मिनेटमा फ्रान्सिस्को कोन्सोसाओले गोल उत्कृष्ट सोलो गोल गर्दै खेलालाई बराबरीमा ल्याए। २५ वर्षपछि पोर्चुगलले जर्मनीलाई हराउँदा उनका पिताले ह्याट्रिक गरेका थिए।

त्यसपछि ६८औं मिनेटमा ४० वर्षीय रोनाल्डोले गोल गर्दै खेलमा पोर्चुगललाई अग्रता दिलाए। यो रोनाल्डोको १३७औं अन्तर्राष्ट्रिय गोल हो।

त्यहसपछि पोर्चुगलले जर्मनीको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । तर, गोलकिपर मार्क आन्द्रे टेरस्टेनले उत्कृष्ट बचाउ गरेका थिए।