घरेलु मैदानमा बार्सिलोना पिएसजीसँग स्तब्ध, पिएसजी सेमिफाइनलमा

17 Apr, 2024

स्पेनिस क्लब बार्सिलोसना घरेलु मैदानमा स्तब्ध भएको छ। मंगलबार राति क्याम्प नेउमा भएको च्याम्पिन्स लिगको क्वाटरफाइलनको दोस्रो लेगमा बार्सिलोना पिएसजीसँग ४–१ले पराजित भयो।

यो जितसँगै पिएसजीले बार्सिलोनामाथि समग्रमा ६–४को जित निकाल्दै सेमिफाइनल पुगेको छ। पहिलो खेलमा बार्सिलोना ३–२ले विजयी भएको थियो।

खेलमा पिएसजीका लागि केलिएन एमबाप्पेले २ तथा भिटिन्हा र उसमान डेम्बेलेले पनि गोल गरे। बार्सिलोनाका लागि १ मात्र गोल राफिन्हाले गरे।

घरेलु मैदानमा बार्सिलोनाले अग्रता भने बार्सिलोनाले लियो। राफिन्हाले १२औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेलमा १–० र समग्रमा ४–२ को अग्रता लियो।

तर २९औं मिनेटमा डिफेन्डर रोनाल्ड अराउजो रातो कार्ड पाएपछि बार्सिलोना दबाबमा आयो। डिबक्सको ठीक बाहिर बाड्ली बार्कोलालाई लडउपछि रेफ्रिले उनलाई सिधै रातो कार्डा दिएका थिए।

त्यसको फाइदा पिएसजीलाई भयो। त्यसपछि निरन्तर दबाब दिएको पिएसजीले ४०औं मिनेटमा गोल फर्कायो। यसका उसमान डेम्बेलेले बार्कोलाको पासमा गोल गरेका थिए।

५४औं मिनेटमा भिटिन्हाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि पिएसजीले खेलमा २–१ को अग्रता र समग्रहमा ४–४ को बराबरी बनायो।

त्यसपछि एमबाप्पेले ६१औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गरे गर्दै टिमलाई समग्रहमा अग्रता दिलाए। जोआ क्यान्सेलोले डेम्बेलेलाई फाउल गरेपछि पिएसजीले पेनाल्टी पानएको थिाये। ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले खेल ४–१ ले जित्यो।

र, समग्रहमा ६–४को जितसहित पिएसजी सेमिफाइलन पुग्यो।