लिग वानमा पिएसजी सहज जित

24 Aug, 2024
Share:
117 Shares

फ्रेन्च लिग वानमा पिएसजीले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा पिएसजीले मोन्टपिलरमाथि ६–० को सहज जित निकाल्यो।

उसका लागि ब्राड्ले बारकोलाले २ गोल गरे भने मार्को ओसेन्सियो, अचरफ हकिमी, वारेन जाइरी इमिरे र काङ इन लीले पनि गोल गरे।

पार्क डेस प्रिन्समा चौथो मिनेटमा बारकोलाले गोल गर्दै पिएसजीलार्य अग्रता दिलाएका थिए। उनले जोआ नेभेसको पासमा गोल गरेका थिए। नेभेसको डेब्यू खेल हो। उनी बेन्फिकाबाट पिएसजी आएका हुन्।

२४औं मिनेटमा मार्को एसेन्सियोले नेभेसकै पासमा गोल गरेपछि पिएसजीले अग्रता दोब्बर बनायो। पहिलो हाफमा २ गोल गरेको पिएसजीले दोस्रो हाफमा ४ गोल गरेको थियो।

५३औं मिनेटमा पासमा बारकोलाले व्यक्तिगत दोस्रो गरे। उनले ओस्मन डेम्बेलेको पासमा गोल गरेका थिए। ५८औं मिनेटमा हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पिएसजीले ४–०को अग्रता लियो।

६०औं मिनेटमा जाइर इमेरेले डेम्बेलेकै पासमा गोल गर्दै टिमलाई ५–० को अवस्थामा ल्याए। ८२औं मिनेटमा काङ इन लीले हकिमीको पासमा गोल गरेपछि पिएसजीले ६–० को फराकिलो अन्तरले विजयी भयो।

पिएसजीको लगातार दोस्रो जित हो भने मोन्टपिलरको पहिलो हार हो। २ खेलबाट पीएसजीले ६ अंक बनाउँदा मोन्टपिलरको समान खेलबाट ३ अंक मात्रै छ।