रेनेसमाथि पिएसजीको जित

28 Sep, 2024
Share:
117 Shares

फ्रेन्च लिग वान फुटबलमा पिएसजीले अपराजित यात्रा कायमै राखेको छ। शुक्रबार राति भएको खेलमा आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा पिएसजीले रेनेसमाथि ३–१ को जित निकाल्यो।

घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बार्काेलाले २ गोल गर्दा लि काङ इनले १ गोल गरे।

३०औं मिनेटमा बार्काेलाले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल बेहोरेको थियो।
५८औं मिनेटमा ली काङले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। ६८ औं मिनेटमा असरफ हकिमीको पासमा बार्काेलो व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए।

७५औं मिनेटमा रेनेसका आर्नोड कलीमुयन्डोले पेनाल्टीमा गोल गरेर अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन।

जितपछि पिएसजीले ६ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ भने रेनेस ६ खेलमा ७ अंक बनाउँदै तालिकाको आठौं स्थानमा छ।