पूजा, बिर्सना र सम्झनाले भुटानी महिला लिग खेल्न, भुटान लागे

13 Apr, 2025
Share:
117 Shares

नेपाल राष्ट्रिय टिमकी डिफेन्डर पूजा रानासहित तीन नेपाली महिला फुटबलरले भुटानको लिग खेल्ने भएका छन्।

पूजासँगै मिडफिल्डरद्वय बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्।

तीनै जनाले भुटानी लिगको क्लब ट्रान्सपर्ट युनाइटेड एफसीबाट खेल्नेछन्। त्यसका लागि उनीहरू आजै भुटान प्रस्थान गरेका छन्।

उनीहरू तीनै जना घरेलु फुटबलमा नेपाल पुलिस क्लबमा आबद्ध छन्। पूजाले यसअघि पनि भुटानी लिग खेलिसकेकी छिन् भने बिर्सना र सम्झना पहिलो पटक भुटानी लिग खेल्न लागेका हुन्।

ट्रान्सपोर्टले लिगका लागि बंगलादेशका मसुरा प्रविन र रुक्मा चक्मालाई पनि अनुबन्ध गरेको छ।