महिला फुटबल टिमको प्रशिक्षमा राजेन्द्र नै

8 May, 2025
Share:
117 Shares

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटका लागि फेरि जिम्मेवारी दिएको हो।

बिहीबार एन्फा महासचिव किरण राईले राजेन्द्रलाई नियुक्तिपत्र प्रदान गरेका छन्।

उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कप खेलेको थियो, जसमा तीनवटै प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।

सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन्। त्यस्तै, लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन्।

एन्फाले पहिलोपटक महिला टिमका लागि प्रो लाइसेन्स भएको प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ।