रियल पराजित हुँदा एट्लिटको ला लिगाको शीर्ष स्थानमा

2 Mar, 2025
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग २–१ले पराजित भयो।

रियल सुरुआती अग्रता जोगाउन नसक्दा रियल पराजित भयो। खेला रियलले १०औं मिनेटमा ब्राहिम डियाजको गोलका सुरुआती अग्रता लिएको थियो। उनले फ्रेलान मेन्डीको पासमा गोल गरेका थिए।

३४औं मिनेटमा बेटिसले खेलालाई १–१को बराबरीमा ल्यायो। उसका जोनी कार्डोसोले गोल गरेका थिए। त्यसपछि ५४औं मिनेटमा इस्कोले पेनाल्टीमा गोल गर्दै बेटिसलाई २–१को अग्रता दिलाए। एन्टोइन रुडिगरले डिबक्समा फाउल गरेपछि बेटिसले पेनाल्टी पाएको थियो।

त्यसपछि थप गोल नहुँदा बेटिस विजयी भयो। योसँगै म्यानुअल पेलेग्रिनीको प्रशिक्षणमा बेटिसले ११ खेलपछि रियललाई हराउन सफल भयो।

यता, रियल पराजित भएको फाइदा एट्लेटिको मड्रिडले उठायो। शनिबार राति नै भएको खेलमा एथ्लेटिक क्लबलाई १–०ले हराउँदै एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो। एट्लेटिकोलाई जित दिलाउन जुलियन अल्भारेजले ६६औं मिनेटमा निर्णायक गोल गरे।

२६ खेलमा ५६ अंकसहित एट्लेटिको शीर्ष स्थानम छ भने दोस्रोस्थानको बार्सिलोना र तेस्रो स्थानको रियलको समान ५४ अंक छ। बार्सिालेनाले १ खेल कम खेलेको छ। यता, एथ्लेटिक क्लब ४८ अंकसहित चौथो र बेटिस ३८ अंकसहित छैठौं स्थानमा छ।