ब्राजियल स्ट्राइकर रोड्रिगो चम्किएको खेलमा रियल मड्रिड विजयी भएको छ। शनिबार राति सेभियाको मैदानमा भएको खेलमा रियलले सेभियामाथि २–१को जित निकाल्यो।
खेलमा रियलका लागि दुवै गोल रोड्रिगोले गरे भने सेभियाका लागि राफ मिरले गोल गरेका थिए।
खेलको तेस्रो मिनेटमा मिरको गोलमा सेभियालाई सुरुआती अग्रता लियो। तर, २९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई बराबरीमा ल्याए।
त्यसपछि खेलको ६९ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल रियललाई २–१को पुनरागमन जित दिलाए। उनले टोनी क्रुसको पासमा गोल गरेका थिए।
खेलको ८३ औं मिनेटमा मार्कुस अकुनाले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो। त्यसपछि गोल नहुँदा रियल विजयी भयो।
७७ अंकसहित रियल दोस्रो स्थानमा छ भने सेभिया ४९ अंक जोडेर १०औं स्थानमा छ।