ला लिगामा रियलको सानदार जित, बार्सिलोसँगको दुरी घटायो

25 Nov, 2024
Share:
117 Shares

स्पेनिस ला लिगमा रियल मड्रिडले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले लेगानेसलाई उसकै मैदानमा ३–०ले हरायो।

खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पे, फेडेरिको भाल्भर्डे र जुड बेलिङ्घमले गोल गरे।

४३औं मिनेटमा भिनिसियस जुनियरको पासमा एम्बाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। एम्बाप्पे रियलका लागि ४ खेलपछि गोल गरेका थिए।

पहिलो हाफ १–०मै सकिएको खेलमा ६६औं मिनेटमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै भाल्भर्डेले रियलको अग्रता दोब्बर बनाए। त्यसपछि ८५औं मिनेटमा बेलिङ्घमले गोल गरेपछि रियल ३–०ले विजयी भयो।

यो जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको छ। १४ खेलमा बार्सिलोनाको ३४ अंक छ भने एक खेल कम खेलेको रियलको ३० अंक छ। लेगानेस १४ अंकसहित १४औं स्थानमै छ।

यस्तै, अन्य खेलमा एथ्लेटिको बिल्बाओले रियल सोसिडाडमाथि १–०को जित निकाल्यो। बिल्बाओका लागि ३६औं मिनेटमा ओइहन सनसेटले गोल गरेका थिए।