आधा दर्जन गोल भएको खेलमा रोकियो रियल

15 Dec, 2024

स्पेनिस ला लिगमा रियल मड्रिड बराबरीमा रोकिएको छ। शनिबार राति आधा दर्जन गोल भएको खेलमा रियल रायो भालेकानोसँग ३–३ गोलको बराबरीमा रोकिएको हो।

खेलमा रियलका लागि फेडेरिको भाल्भर्डे, जुड बेलिङ्घम र रोड्रिगोले गोल गरे भने भालेकानोका उनाइ लोपेज, अब्दुल मुमिन र इसी पलाजोनले गोल गरेका थिए।

खेलमा चौथो मिनेटमै लोपेजको गोलमा भालेकानोले अग्रता लियो। ३६औं मिनेटमा मुमिनले गोल गरेपछि रियलविरुद्ध भालेकानोले २–०को अग्रता लियो। तर, ३९औं मिनेटमा भाल्भर्डे डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काएका थिए।

त्यसपछि ४५औं मिनेटमा बेलिङघमले गोल गरेपछि पहिलो हाफमै रियलले खेललाई २–२को बराबरीमा ल्यायो। ५६औं मिनेटमा रोड्रिगोले डिबक्स बाहिरबाटै गोल गर्दै खेलमा रियलालाई अग्रता दिलाए।

तर, ६४औं मिनेटमा पालाजोनले गोल गर्दै खेलालाई ३–३ गोलको बराबरीमा ल्याए। त्यसपछि रियलले गोलका थुप्रै प्रयास गरेपनि गोल नहुँदा खेल बराबरीमा सकियो।

यो बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। १७ खेलमा ३८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ भने समान खेलबाट ३७ अंकसहित रियल दोस्रो स्थानमा छ।

रियलले लिगका पछिल्ला ३ खेलमा ४ अंक मात्र जोड्न सकेको छ। यता, रियलल भालेकानोको मैदानमा लागतार ३ खेलमा जित निकाल्न असफल भएको छ। तीनै खेल बराबरीमा सकिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]