मोड्रिच र भिनिसियसको गोलमा रियल विजयी

24 Feb, 2025
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा लुका मोड्रिच र भिनिसियस जुयिनरले गोल गरेपछि रियलले जिरोनामाथि २–०को जित निकाल्यो।

ला लिगामा रियलको यो ५ खेलपछिको जित हो। यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। समान २५ खेलमा दुवैको ५३ अंक छ। तर, गोल अन्तरमा रियल दोस्रो स्थानमा छ।

खेलमा ४१औं मिनेटमा रियलले अग्रता लियो। ३९ वर्षीय लुका मोड्रिचले डिबक्स बाहिरबाट भलीमार्फत उत्कृगट गोल गरेका थिए। त्यसपछि ८३औं मिनेटमा भिनिसियसले किलियन एम्बाप्पेको पासमा गोल गरेपछि रियल २–०ले विजयी भयो।

यस्तै, अन्य खेलमा एथ्लेटिक क्बलले भालाडोलिडमाथि ७–१को फराकिलो जित निकाल्दा रियल बेटिसले गेटाफेलाई २–१ र रियल सोसिडाडले लेगानेसलाई ३–०ले हरायो।