अलाभेसमाथि रियलको कठीन जित, एम्बाप्पेलाई रातो कार्ड

14 Apr, 2025
Share:
117 Shares

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले कठीन जित निकलोको छ। खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि दबाबमा आएको रियलले अलाभेसमाथि १–०को जित निकाल्यो।

खेलमा ३४औं मिनेटमा रियलले अग्रता लियो। रियलका लागि एडुआर्डो कामाभिङ्गाले गोल गरेका थिए। उनले फेडेरिको भाल्भेर्डेसँगको उत्कृष्ट समन्वयपछि बक्सको किनारबाट कर्लिङ सट प्रहार गरेर टिमलाई अग्रता दिलाए।

गोल गरेको ४ मिनेटपछि नै रियल १० खेलाडीमा समेटियो। ३८औं मिनेटमा किलियन एम्बाप्पेले अलाभेसका खेलाडीमा निकै खराब ट्याकले गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड दिएका थिए। अब उनी कम्तिमा पनि २ खेल प्रतिबन्धमा पर्ने निश्चित छ।

रियल म्याड्रिडका प्रशिक्षक कार्लो अन्सेलोटीले यो खेलमा जुद बेलिङ्घम र भिनिसियस जुनियरलाई विश्राम दिँदै च्याम्पियन्स लिगको आर्सनलविरुद्धको दोस्रो लेगलाई ध्यानमा राखेका थिए।

खेलको अन्त्यतिर अलाभेस पनि १० खेलाडीमा समेटियो। उसका मानु सान्चेजले ७०औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाििरएका थिए ।

यो जितपछि रियल ६६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यो शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अ)क कम हो। यता, अलाभेस भने ३० अंकसहित रेलिगेसन जोनभन्दा ठीक स्थान माथि छ।