प्रिसिजनको एल क्लासिकोमा रियलमाथि बार्सिलोनाको जित

4 Aug, 2024

प्रिसिजनको एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ। पछिल्ला केही वर्षयता एल क्लासिकोमा राज गर्दै आएको रियल अमेरिकामा भएको प्रिसिजन टुरमा भने बार्सिलोनासँग २–१ले पराजित भयो।

बार्सिलोनालाई जित दिलाउन पाउ भिक्टरले दुवै गोल गरे भने रियलका निको पेजले गोल गरेका थिए।

४२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा भिक्टरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा भिक्टरले नै टिमको अग्रता दोब्बर बनाए। उनले एलेक्स भालेको पासमा गोल गरेका थिए।

८२औं मिनेटमा रियलले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। उसका पेजले अर्डा गुलेरको पासमा गोल गरेका थिए। तर, त्यसपछि गोल हुन नसक्दा बार्सिलोना विजयी भयो।

खेलमा रियलले किलियन एम्बाप्पे, जुड बेलिङघम, फेडेरिको भाल्भर्डे, रोड्रिगोजस्ता स्टार खेलाडीहरुलाई खेलाएको थिएन्। भिनिसियस जुनियर भने दोस्रो हाफमा मैदान छिरेका थिए।

यता, बार्सिलोनाले भने अधिकांश सिनियर टिमका खेलाडी मैदान उतारेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]