रोबर्टो कार्लोस वैशाख ५मा नेपाल आउने

11 Apr, 2025
Share:
117 Shares

ब्राजिलियन फुबटल रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने भएका छन्। उनी जारी नेपाल सुपर लिगको गेष्टको रुपमा नेपाल आउन लागेका हुन्।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल र ६ गते हुने पहिलो क्वालिफायर खेल दशरग रंगशालामा हेर्ने बताएको छ।

५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए। ब्राजिलका लागि उनले १२५ खेल खेल्दै १० गोल गरेका छन् ।

उनी विश्वकै उत्कृष्ट डिफेन्डर मध्ये एक हुन्। विशेषगरी उनी फ्रिकिकमा कर्भ प्रहारमार्फत गोल गर्न माहिर थिए। उनले फ्रिकिकमा क्लब र देशका लागि थुप्रै गोल उत्कृष्ट गोल गरेका छन्।

कार्लोस स्पेनिस क्लब रियल मड्रिडका पनि लिजेन्ड हुन्। ११ सिजन रियलमा बिताउँदा उनले ५२७ खेल खेल्दै ६९ गोल गरेका थिए।