चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा

22 Apr, 2025
Share:
117 Shares

काठमाडौं, वैशाख ९: ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्।

कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन्।

एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो।

उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन्।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्।

रयल र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए।