रोड्रीले जिते आईएफएफएसको वर्ष खेलाडी अवार्ड

15 Dec, 2024
Share:
117 Shares

म्यान्चेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीले यो वर्षको आईएफएफएस अवार्डमा वर्ष खेलाडीको अवार्ड जितेका छन्।

आइतबार आईएफएफएसले रोड्रीलाई वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको हो।

यो अवार्ड जित्ने क्रममा रोड्रीले रियल मड्रिका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई पछि पारे। रोड्रीले १९१ अंक प्राप्त गर्न भिनिसियसले अंक प्राप्त गरे।

अघिल्लो सिजन सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप तथा स्पेनलाई युरोकप जिताउन रोड्रीको भूमिका महत्वपूर्ण थियो। उनी युरोकपका सर्वोत्कृष्ट खेलाडी पनि हुन्।

सोही प्रदर्शनका आधारमा रोड्रीले यो वर्षको बालोन डे’ओर पनि जितेका छन्।

आईएफएफएस अवार्ड १९८८ बाट सुरु भएको हो। १९९०मा भने तत्कालिन फिफा अध्यक्षको आग्रहमा यो अवार्ड बन्द गरेर फिफा अवार्ड सुरु गरिएको थियो। यो बीचमा मार्को भान बास्टेनले २ र लोथर म्याथ्युसले १ पटक यो अवार्ड जितेका थिए।

सन् २०२० बाट फेरि यो अवार्ड दिन थालियो। जसमा २०२० र २०२१को अवार्ड रोबर्ट लेवान्डोस्कीले जित्दा २०२२मा लियोनल मेसी र २०२३मा अर्लिङ हालान्डले यो अवार्ड जितेका थिए।