
पेनाल्टी चुकाउँदा इन्डोनेसियन लिगमा रोहितको टिम पराजित
Read Time:1 Minute
इन्डोनेसियको शीर्ष डिभिजन लिग ‘लिग वान’मा नेपाली खेलाडी रोहित चन्दको टिम पर्सिजा जाकर्ता पराजित भएको छ । नेपाली राट्रिय टिमका सदस्य रोहित आबद्ध पर्सिजा आइतबार भएको खेलमा पेर्सिराजा बन्दासँग १–०ले पराजित भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६७ औं मिनेटमा पेर्सिराजाले अग्रता लियो । उसका भिभी अस्रिजालले गोृल गरेका थिए ।
त्यसपछि खेलमा पेर्सिजाले बराबरी ल्याउन सुन्दर अवसर खेरफाल्यो। ८२ औं मिनेटमा प्राप्त पेनाल्टीमा टोनी सुसिप्टो गोल गर्न असफल रहे । त्यसपछि खेलमा गोल नहुँदा पेर्सिजा पराजि भयो।
पेर्सिजाका महत्वपूर्ण खेलाडी रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
हारपछि २२ खेलमा ३२ अंक जोडेको पर्सिजा लिगको छैटौं स्थानमा छ भने पेर्सिराजा ११ अंक जोडेर पुछारमा छ।