रोहितले गरे इन्डोनेसियाको क्लब पेर्सिकसँग गरे सम्झौता

12 Jul, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी रोहितले चन्दले यो सिजन पनि इन्डोनेसियाको लिग खेल्ने भएका छन्। उनले पेसिर्क केडिरीसँग सम्झौता नवीकरण गर्दै थप एक सिजन इन्डोनेसियाको लिग खेल्ने पक्का भएको हो।

यसअघिका २ सिजन पनि उनले पेर्सिकबाटै लिग खेलेका थिए। रोहितले पेर्सिकसँग सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

रोहितको क्लब पेर्सिकले अघिल्लो सिजन लिग नवौं स्थानमा सकाएको थियो। रोहित दुई सिजनमा पेर्सिकका लागि ५६ खेल्दै ३ गोल गरेका छन्।

पेर्सिक गत सिजन १८ क्लब मध्ये नवौं भएको थियो। यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो सातादेखि सुरू हुँदैछ।

पेर्सिकअघि रोहितले पेर्सिजा जाकार्ताबाट इन्डोनेसियन लिग खेलेका थिए। उनीसन् २०१३ मा पेर्सिजामा आबद्ध भएका थिए। त्यहाँ उनले १४९ खेलमा १३ गोल गरेका थिए।

सन् २०१८म पेर्सिजालाई लिग च्याम्पियन बनाउने क्रममा रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।

भारतको आईलिग पनि खेलिसकेका रोहित दक्षिण एसिया बाहिर व्यवसायिक लिग खेल्ने पहिलो खेलाडी हुन्।

सन् २००९ बाट नेपाली राष्ट्रिय टिमका नियमित सदस्य रहेका रोहितले ९२ क्याप जितेका छन्।