क्लब फुटबलफुटबल

अल नासारको लागतार चौथो जित, ४ खेलमा रोनाल्डोले गरे ७ गोल

पोर्चुगिज स्टार क्रिस्टिायानो रोनाल्डोले गोल गर्ने क्रमलाई निरन्तरता दिएपछि साउदी अरबको प्रो लिग फुटबलमा अल नासरले लगातार चौथो जित हात पारेको छ।

गएराति सम्पन्न खेलमा नासरले १० खेलाडीमा सीमित अल रिडलाई ३–१ ले हरायो। रिडको घरेलु मैदान किगं अब्दुल्लाह स्पोर्ट्स सिटीमा नासरलाई जित दिलाउन साडियो माने, टालिस्का र कप्तान रोनाल्डोले गोल गरे .।

अल नासरका लागि पहिलो हाफको इन्जुरी समयमा साडियो मानेले गोल टिमलाई सुरुआती अग्रता दिलाए। त्यसको एक मिनेटपछि डिफेन्डर ब्यान्डर वायसीलाई रातो कार्ड देखाइएपछि रिड १० खेलाडीमा सीमित भएको थियो।

४९औं मिनेटमा टलिस्काले नासरले अग्रता दोब्बर बनाए। ७८ औं मिनेटमा टालिस्काको पासमा रोनाल्डोले तेस्रो गोल गरे। रिडका लागि ८९ औं मिनेटमा मोहमद फोउजायरले पेनाल्टीमार्फत् सान्त्वना गोल फर्काए।

जारी सिजन सुरआती दुई खेलमा गोल गर्न चुकेका रोनाल्डोले त्यसपछि लागतार ४ गोल गरेका छन्। उनले ४ खेलमा ह्याट्रिकसहित ७ गोल गरेका छन्।

नयाँ सिजनका सुरुवाती दुई खेल गुमाएको नासरले त्यसपछिका सबै चार खेलमा जित हासिल गरेको छ। नासर ६ खेलबाट १२ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।