गोल्डेन बुडको दौडबाट बाहिरिए रोनाल्डो, युभेन्ट्सँग पराजित

युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सिरि ए र युरोपियन गोल्डेन बुडको दौडबाट बाहिरिएका छन् । सिरि एअन्तर्गत बुधबार राति भएको काग्लियारीविरुद्ध गोलविहीन बनेपछि रोनाल्डो सिरि ए र युरोपियन दुवै गोल्डेन बुटको दौडबाट बाहिरिएका हुन् ।

सिरि एको १ खेल मात्र बाँकी रहँदा रोनाल्डो दुवै गोल्डेन बुटको दौडमा रहेका लाजियोका सिरो इम्मोबाइलभन्दा ४ गोलले पछि छन् । रोनाल्डोले ३१ गोल गर्दा इम्मोबाइलले ३५ गोल गरेका छन् । दुवै गोल्डेन बुट इम्मोबाइलले जित्ने निश्चित देखिएको छ ।

शनिबार राति नै भएको ब्रेसियाविरुद्ध गोल गर्दै इम्मोबाइल युरोपियन गोल्डेन बुटको दौडमा पनि अगाडि आएका हुन् । उनले बार्यनु म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई १ गोलपछि पारे । यो सँगै युरोपियन गोल्डेन बुट सिरि एका खेलाडीले जित्ने पक्का भएको छ । यो पनि कीर्तिमान नै हो । अहिलेसम्म सिरि एका कुनै पनि खेलाडीले युरोपियन गोल्डेन बुट जित्न सकेका छैनन् । त्यो कीर्तिमान इम्मोबाइलको नाममा हुने सम्भावना प्रवल छ ।

अन्तिम खेलमा गोल गर्न सक्ने इम्मोबाइलले एकै सिजन सिरि एमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गर्ने छन् । सन् २०१५–१६ मा गोन्जालो हिग्वेनले नेपोलीबाट ३६ गोल गरेका थिए ।

अघिल्लो खेलमा नै लागतार नवौं पटक सिरि ए उपाधि जितिसकेको युभेन्ट्स बुधबार राति काग्लियारीसंग २–०ले पराजित भयो । खेलको आठौं मिनेटमा लुका गागलियानोले घरेलु टोली काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा जियोवन्नी सिमोनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि च्याम्पियन युभेन्ट्स पराजित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *