पितासँग एउटै टिमबाट खेल्ने रोनाल्डो जुनियरको चाहना

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो पितासँगै एउटै टोलीबाट फुटबल खेल्ने इच्छा राखेका छन् । केही समय अगाडि एउटा कन्फ्रेन्समा बोल्दै रोनाल्डोले छोराले आफूसँगै एउटै टिमबाट खेल्न चाहना राखेको बताएका हुन् ।

छोराले आफूसँग गरेको कुरा सुनाउँदै रोनाल्डोले भने, ‘कहिलेकाहीँ छोराले मलाई भन्छ कि, बुबा पर्खनु्स केही वर्ष, म तपाइँसँगै फुटबल खेल्न चाहन्छु।’ ३५ वर्षीय रोनाल्डो र १० वर्षीय रोनाल्डो जुनियर दुवै युभेन्ट्सबाट खेलिरहेका छन् । रोनाल्डो युभेन्ट्सको सिरिजन टिमबाट खेल्छन् भने रोनाल्डो युभेन्ट्सकै एकेडेमीमा खेल्छन् ।

रोनाल्डोले अझै ५-६ वर्ष फुटबल खेले रोनाल्डो जुनियरको इच्छा पुरा हुन सक्छ । ३५ वर्षको उमेरमा पनि रोनाल्डोको शारिरीक रुपमा निकै बलिया भएकाले बुबासँगै एउटै टिममा खेल्ने रोनाल्डो जुनियरको इच्छा पुरा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP