चालिस वर्ष कटेपछि रोनाल्डोको पहिलो गोल, अल नासर विजयी

8 Feb, 2025
Share:
117 Shares

क्रिस्टियानो रोनाल्डोले ४० वर्ष उमेर कटेपछिको पहिलो खेलमै गोल गरेका छन्। साउदी प्रो लिगअन्तर्गत उनले अल–फेहाविरुद्ध गोल गरेका हुन्। गत बुधबार फेब्रुअरी ५ मा रोनाल्डोले जन्मदिन मनाएका थिए।

रोनाल्डोको गोलसँगै अल नासरले ३–० को सहज जित दर्ता गरेको छ। अल नासरका लागि एपिएल क्लब एस्टन भिल्लाबाट भर्खरै गएका जोन डुरानले दुई गोल गरेका थिए।

२२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए। ७२औं मिनेटमा डुरानले अर्को गोल गरे। त्यसको २ मिनेटपछि नै रोनाल्डोले गोल गरे।

जितसँगै अल नासर १९ खेलमा ४१ अंकका साथ तेस्रो स्थानमा छ। फेहा समान खेलमा १६ अंकका साथ १४औं स्थानमा छ।