फाइनल सकिएकाे भाेलिपल्टै सावित्रा फ्रान्स र रेखा युएई लागे

27 Feb, 2025
Share:
117 Shares

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप सकिएकै भोलिपल्ट महिला राष्ट्रिय टिमका स्ट्राइकरद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल व्यसायिक फुटबल खेल्ने त्यसतर्फ लागेका हुन्।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप बुधबार दशरथ रंगशालामा सकिएको थियो । जसमा नेपाली महिला टिम म्यानमारसँग २–०ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।

फाइनल सकेको भोलिपल्टै सावित्रा फ्रान्स र रेखा युएई लागेका हुन्। उनीहरूलाई एन्फाका पदाधिकारीहरूले बिदाई गरेका थिए ।

सावित्रा फ्रान्सको एन अभेन्ट गुनगाम्प र रेखा अबुधाबी कन्ट्री क्लब व्यवसायिक फुटबल खेल्छन्।

यता, ग्रिसमा व्यवसायिक फुटबल खेलिरहेका नेपाली टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा भने शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छिन्। उनी ग्रीक क्लब निस अट्रोमिटौमा आबद्ध छिन्।