सावित्राले बनाइन् गोकुलमलाई च्याम्पियन

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइर सवित्रा भण्डारी ‘साम्बा’ले उत्कृष्ट प्रदर्शन गरेपछि गोकुलम केरला एफसी इन्डियन वुमन लिग च्याम्पियन बनेको छ । शुक्रबार बैंग्लोर रंगशालामा भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ले पराजित गर्दै गोकुलम पहिलो पटक लिग च्याम्पियन बनेको हो ।

गोकुलमलाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा प्रमेश्वरी देवी, कमला देवी र सावित्राले समान १ गोल गरेभने क्रिप्साका रतनबाला र डाङमेई ग्रेसले एक एक गोल गरेका थिए ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइलनमा गोकुलमले सुरुवातमै २–०को अग्रता लिएको थियो । तर, त्यसपछि क्रिप्सा खेलमा फर्कियो र २ गोल गर्दै खेललाई बराबरीमा ल्यायो । खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा सावित्राले गोल गर्दै गोकुलमलाई च्याम्पियन बनाइन् ।

खेलको दोस्रो मिनेटमा प्रमेश्वरीको गोलमा गोकुलमले अग्रता लिएको थियो । २५ औं मिनेटमा कमलाले गोकुलगमको अग्रता दोब्बर बनाइन् । त्यसपछि तर, ३४औं मिनेटमा ग्रेस र ७३औं मिनेटमा रतनबालाले गोल गर्दै खेललाई रोमाञ्चक अवस्थामा ल्याएकी थिइन् ।

च्याम्पियन बनेको गोकुलमले ट्रफीसँगै १० लाख भारतीय रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको क्रिप्साले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

सावित्रा भण्डारी लागतार दोस्रो सिजनमा पनि इन्डियन वुमन लिगमा आफ्नो प्रभाव छाड्न सफल भइन् । गोकुलमलाई च्याम्पियन बनाउने क्रममा सावित्राले ३ ह्याट्रिकसहित १९ गोल गरिन् । सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बिनन् । उनले १ लाख रुपैयाँ प्राप्त गरिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.