घुँडाको शल्यक्रिया गर्न सावित्रा कतार जाने

नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी घुँडाको शल्यक्रिया गर्न कतार जाने भएकी छिन् । राष्ट्रिय महिला लिगका क्रममा घाइते भएकी सावित्रा घुँडाको शल्यक्रिया गर्न जुन २८मा कतार जाने भएकी हुन्।

गत फेब्रुअरीमा महिला राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा पुलिस गोलकिपर उषा नाथसँग ठोकिँदा उनी घाइते भएकी थिइन् । एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नु पर्ने भनिएको थियो।

सावित्राका एन्फाको सहयोगमा उपचारका लागि कतार जान लागेकी हुन् । यसअघि एन्फाकै सहयोगमा कतारमै विमल घर्तिमगर र विक्रम लामाको पनि घुँडासको शल्यक्रिया गरिएको थियो।

नेपाली राष्ट्रिय टिमबाट ३८ गोल गरेकी सावित्रा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता हुन् ।

Facebook Comments Box