साफ च्याम्पियनसिप आयोजनाका लागि नेपाललाई औपचारिक प्रस्ताव

१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका आयोजनाका नेपाली नेपाललाई प्रस्ताव आएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै अक्टोबरमा साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको हो ।

एन्फा प्रवक्त किरण राईले साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गर्दै साफले पत्र पठाएको बताए। बंगलदेशमा आयोजना हुने तय भएको साफ आयोजनाबाट हात झिकेपछि साफ नयाँ आयोजकको खोजीमा छ।

बंगलादेशले कोरोना कहर र बंगबन्धु अन्तर्राष्ट्रिय रंगशलामा तत्काल ममर्त गर्नुपर्ने भएका आफू साफ च्याम्पियनसिप आयोजना गर्न असमर्थ हुने उल्लेख गरेको थियो।

सेप्टेम्बरमा आयोजना हुने तय भएको साफ अब अक्टोबरमा आयोजना हुने छ। तर, मिति भने तय भइसकेको छैन ।

साफ च्याम्पियनसिप आयोजनाका लागि नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले पनि दाबी गरेका छन् ।

नेपालले दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।

Facebook Comments Box