पेनाल्टीमा जियारथ शेख बने नायक, भुटानलाई हराउँदै नेपाल यू–२० साफको फाइनलमा

25 Aug, 2024
Share:
117 Shares

नेपाल यू–२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटाउटमा ४–१ हराउँदै नेपाल फाइनलमा पुगेको हो।

पेनाल्टी सुटआउटमा गोलकिपर जियराथ शेख नयाक बन्दा नेपाल फाइलनमा पुगेको हो। उनले भुटानका २ पेनाल्टी बचाएका थिए।

पेनाल्टीमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे। भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गर्न सकने।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

खेलमा अग्रता भुटानले लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६ औं मिनेटमा जेत्सुन दोर्जीले टिमलाई अग्रता दिलाए। ७७औं मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

अब नेपालले बुधबार हुने फाइलनमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्ने छ।