साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

21 Mar, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

शुक्रबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले पुरस्कार प्रदान गरे।

नेपाली महिला खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार दिने घोषणा यसअघि नै गरिसकिएको थियो।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकाले उनी पुस्कार लिन भने उपस्थित हुन सकिनन्। साम्बाको पुरस्कार उनका बुबाले ग्रहण गरेका थिए।

सरकारले शुक्रबार एकै पटक पाँच वर्षका प्रतिभा पुरस्कार प्रदान गरेको थियो।