सभापति कप फुटबलमा संकटाले चर्च बोइजलाई हरायो

23 Jan, 2025
Share:
117 Shares

आजबाट सुरु भएको सभापति कप फुटबलमा संकटा क्लबले विजयी सुरुआत गरेको छ। बिहीबार दिउँसो दशरथ रंगशालामा उद्घाटन खेलमा संकटाले अर्को ए डिभिजन क्लब चर्चा बोइजमाथि ३–०को सहज जित निकाल्यो।

संकटालाई जित दिलाउन अबेका रिचर्डले दुई गोल गरे भने अर्को गोल चन्दन दास गरे।

२१औं मिनेटमा अबेकाको गोलमा संकटाले अग्रता लियो। ७०औं मिनेटमा अबेकाले नै संकटाको अग्रता दोब्बर बनाए। ७३औं मिनेटमा चन्दनले गोल गरेपछि संकटा ३–०ले विजयी भयो।

यो जितसँगै संकटा सेमिफाइनलमा पुगेको छ। अब उसले फाइनल प्रवेशका लागि मछिन्द्र क्लब र एपिएफबीचको विजेतासँग खेल्ने छ।

प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र आयोजक बागमती क्लब खेल हुनेछ।