सिटीले भित्र्यायो युवा ब्राजिलियन विंगर साभियो

19 Jul, 2024
Share:
117 Shares

प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले युवा ब्राजिलियन विंगर साभियोलाई अनुबन्धन गरेको छ। सिटीले २० वर्षीय विंगरलाई फ्रेन्च क्लब ट्रोयर्सबाट अनुबन्धन गरेको हो।

अघिल्लो सिजन लोनमा ला लिगा क्लब जिरोनाबाट खेलेका साभियोले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनीमाथि सिटीले आँखा लगाएको थियो। सिटीले साभियोसँग गत जनवरीमै मौखिक सहमति गरिसकेको थियो।

सिटीले बिहीबार साभियोसँग औपचारिक सम्भौता गरेको हो। उनका लागि सिटीले ४० मिनिलिय युरो खर्चियो।

साभियोले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२९ सम्मा सिटीमा रहने छन्। सिटीले उनलाई २६ नम्बरको जर्सी दिएको छ।

साभियोले प्रिमियर लिग विजेता तथा क्लब विश्वकप विजेता टिम सिटीमा आउन पाउँदा अन्त्य खुसी भएको बताएका छन्। उनले सिटी अहिले विश्वकै उत्कृष्ट क्लब भएको बताए।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा खेल्न आफू उत्साहित रहेको बताउँदै साभियोले उनीबाट धेरैकुरा सिक्ने बताएका छन्।

साभियोले अघिल्लो सिजन जिरोनाबाट ४१ खेल खेल्दै ११ गोल गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा जिरोना पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको थियो।

जिरोनामा गरेको प्रदर्शनपछि साभियो ब्राजिलको राष्ट्रिय टिममा पनि परेका थिए। उनी ब्राजिलको कोपा अमेरिका टिममा पनि थिए।